sevenstartv.com १ पुष २०८२, मङ्गलवार

आजकाे माैसम : यी प्रदेशमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

१ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा  मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी बर्षाको सम्भाबना रहेको कहाशाखाले जनाएको छ ।

आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मूख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्