sevenstartv.com ९ चैत २०८२, सोमवार

बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

काँकडभिट्टाबाट दाङको लागी गएराती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाइते भएका थिए । घाइतेहरूको निजगढ स्थित सामुदायिक प्रसूति गृह अस्पतालमा ३४ जना र सि.टी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ ।

प्रसूति गृहमा उपचाररत मध्ये  छ जना र सि.टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।  उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्