sevenstartv.com १ पुष २०८२, मङ्गलवार

केही प्रदेशमा भारी वर्षाको सम्भावना

२९ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। विभागका अनुसार शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने कोशी प्रदेशको तराईका केही भागमा हावाहुरीको सम्भावना छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्