sevenstartv.com ९ चैत २०८२, सोमवार

भोटेकोशीमा गाडी खस्यो, निकाल्ने प्रयास जारी

२८ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा आज अपराह्न गाडी खसेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ स्थित बबन्डरटोलबाट गाडी भोटेकोशी नदीमा खसेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । 

गाडी हेर्दा बोलेरो जस्तो देखिएको र क्रेन ल्याएर निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । अपराह्न १ बजेतिर उक्त घटना भएको तर गाडी कहाँबाट कहाँ जाँदै थियो र मान्छे के कति थिए भनेर यकिन भएको छैन ।

अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास गरिरहेका जनाइएको छ । सो क्षेत्रमा नदीको बहाब बढिरहेको र पानी पनि परिरहेकाले उद्धारमा समस्या भएको पनि प्रहरीले बताएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्