रुकुम पूर्वको पुथा उत्तरगंगाकी उपाध्यक्षसहित ३ जनाको मृत्य
काठमाडौं । बागलुङमा भएको जीप दुर्घटनामा उपाध्यक्ष सहित ३ जनाको मृत्य भएको छ । एक जना घाइते भएका छन् ।
गलकोट नगरपालिका-२ भुङ्खानीमा आज बिहान जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको हो । अन्य दुई जनाको सनाखत हुन सकेको छैन । सनाखत नभएका मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् ।
उक्त दुर्घटनामा एकजना पुरुष घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि बागलुङ अस्पताल पठाइएको छ ।
