sevenstartv.com ९ चैत २०८२, सोमवार

सरकारी नम्बरको गाडी दुर्घटना : ३ जनाको मृत्यु, एक घाइते

२८ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । 

मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको  प्रहरीले जनाएको छ। मृतक मध्य एक जना रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवको भनाइ छ । 

दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन । आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्