sevenstartv.com ६ असार २०८३, शनिवार

असोज १३ देखि दशैँका लागि सुकिला नोट साट्न पाइने

२६ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असोज १३ गतेदेखि दशैँका लागि सुकिला नोट साट्न पाइने जनाएको छ ।

राष्ट्र बैंकले बुधबार एक सूचना जारी गरी आगामी असोज १३ देखि २२ गतेसम्म इजाजत प्राप्त बैंकका शाखा कार्यालयबाट समेत नोट सटही सुविधा प्राप्त हुने जानकारी गराएको हो ।

साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसअघिको दसैँमा पुराना नोटसँग नयाँ नोट साट्ने चलन रहेको थियो ।

तर यसवर्ष भने राष्ट्र बैंकले नयाँ नभई सुकिलानोट प्रयोग गर्ने जनाएको हो । राष्ट्र बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र नोट छपाइको रकम बचाउन सुकिला नोट प्रयोगमा ल्याउने भएको हो ।

यसअघि दसैँका लागि राष्ट्र बैंकले केहीमहिना अघि नै नयाँ नोट छापेर राख्ने गरेको थियो । तर यो वर्ष नयाँनोट नछापिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार