sevenstartv.com ९ चैत २०८२, सोमवार

अर्घाखाँचीमा जिप दुर्घटना : १ जनाको मृत्यु, ९ घाइते

२६ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा  १ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । 

आज गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँची शितगंगा नगरपालिका–१२ हिले खोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदैगरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा अन्दाजी ६५ वर्षका रामप्रसाद पन्थी रहेको र मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ । 

घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  ल्याइँदै छ । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्