आज काग अष्टमी मनाइँदै
काठमाडौं । भाद्र शुक्ल अष्टमी आज कागे अष्टमी पर्व मनाइँदै छ ।
कागे अष्टमीमा अवसरमा कागेश्वर मनोहरा नगरपालिका-१ मा पर्ने कागेश्वरीको मन्दिरमा घुइँचो लागेको छ । कागेश्वरीमा पूजा गर्दा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष निवारणका लागि कागेश्वरीको दर्शन गर्ने परम्परा छ ।
गंगा दशहरा वा श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्डमा पुगेका भक्तजनले ल्याएको जल कागे अष्टमीमा कागेश्वरीमा चढाउनुपर्छ भन्ने मान्यता छ । गोसाइँकुण्ड पुग्नेले यहाँ जल नचढाए धार्मिक यात्रा पूरा नहुने बताइन्छ । कागे अष्टमीमा कागेश्वरी(मनोहरा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
