sevenstartv.com २१ वैशाख २०८३, सोमवार

गुल्मीमा पहिरोले २ वटा घर पुरियो, १ जनाको मृत्यु

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनामा पहिरोले २ वटा घर पुरिएर १ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान घरमाथीबाट लेदोसहितको पहिरोले विस्णु विकको घर र हुकुम विकको घर पुरिएको प्रहरीले. बताएको छ ।

वेपत्ता भएकाहरुको खोजी कार्यको लागि प्रहरी र स्थानीय परिचालन भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्