कैलालीमा मिनी ट्रकले ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु
कैलाली । कैलाली जिल्ला, गौरीगंगा नगरपालिका –०२ झिलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका –०२ निवासी भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका लेखराजको टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ । उनको माया मेट्रो अस्पताल, धनगढीमा उपचारको क्रममा बिहान ९स्२० बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन् । मिनी ट्रकका चालक जिल्ला कैलाली, लम्कीचुहा नगरपालिका –०२ बस्ने २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।







-71.jpg)






-71.jpg)

