sevenstartv.com २१ वैशाख २०८३, सोमवार

काठमाडौंसहितका विभिन्न नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लामा रहेका नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्‍चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने नदीमा पानीको बहाव बढेको छ । महाशाखाले काठमाडौंस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मेलम्ची, बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ते खोला, कालिगण्डकीका सहायक नदीहरू, तिनाउ, वाणगङ्गा, कञ्चनखोला, दानो खोला लगायतका अन्य ससाना नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्