sevenstartv.com १७ साउन २०८३, आइतवार

लोकसेवाको परीक्षा २३ गतेबाट हुने

१७ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । लोकसेवा आयोगले लिने परिक्षाको  मिति संशोधन गरिएको छ । आयोगले एक सूचना जारी गर्दै परीक्षाको मिति र समय संशोधन भएको जानकारी गराएको हो ।

संशोधन गरिएको नयाँ मिति र समय अनुसार साउन १६ गतेदेखि २१ गतेसम्म हुने भनिएका परीक्षा अब साउन २३ गतेबाट सुरु हुने भएको छ ।

गत आइतबारबाट तराईका केही जिल्लाहरुमा उत्पन्न परिस्थितिका कारण परीक्षार्थीको आवतजावतमा पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै परीक्षाको मिति सरेको आयोगको भनाइ छ ।

संशोधन गरिएको कार्यतालिका अनुसार साउन २३ गतेबाट सुरु भएको परिक्षा २८ गते सम्पन्न हुने छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्