सार्वजनिक बिदा कटौती गर्ने तयारीमा सरकार
काठमाडौं । सरकारले सार्वजनिक बिदाहरूको पुनरवलोकनगर्ने कार्यला गृहकार्यको रुपमा लिएको छ । सचिवस्तरीय बैठकले बालेन सरकारको निर्णयमा हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिन थालेपछि हाल कायम सार्वजनिक बिदा धेरै भएको निचोड निकालेको हो ।
चार महिना यता दिँदै आएका ती बिदालाई घटाउने वा परिमार्जन गर्ने सम्बन्धमा अध्ययन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिएको छ । सातामा दिँदै आएको दुई दिने बिदा र वर्षभरिका अन्य चाडपर्व तथा दिवसका बिदाले सरकारी कार्यालय धेरै दिन बन्द हुने र यसबाट नागरिक सेवा प्रभावित हुने निष्कर्ष सहित कार्यदलको प्रतिवेदनका आधारमा आगामी वर्षको बिदा क्यालेन्डरमा केही साबिकका बिदाहरू कटौतीको तयारी गरिएको उल्लेख गएिको छ ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिलाई समावेर्श गरिएको उल्लेख गरिएको छ। कार्यदलले १५ दिनभित्र सार्वजनिक बिदाहरूको पुनरवलोकन गरी प्रतिवेदन पेश गर्नुपर्ने जनाइएको छ । जनस्तरबाट चर्को आलोचना र दवावका विच सरकार आफ्नो निर्णयलाई सच्याउन तयार रहेको जानकारकहरु बताउँछन् ।


-61.jpg)









-61.jpg)