मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं-तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको बताइएको छ ।
बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना पनि रहेको छ।
