sevenstartv.com १० चैत २०८२, मङ्गलवार

अफ्रिकालाई ५० अर्ब डलर सहयोग दिने चीनको घोषणा

२० भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । चीनले अफ्रिकालाई ५० अर्ब डलर सहयोग दिने घोषणा गरेको छ ।

बिहीबार बेइजिङको ग्रेट हल अफ दि पिपुलमा मञ्चको उद्घाटन समारोहमा नेताहरूलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले अफ्रिकालाई ५० अर्ब डलर सहयोग दिने घोषणा गरेका हुन ।

राष्ट्रपति सीले आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने बताएका हुन । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने वाचा गरेका छन ।

सरकारी सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी अफ्रिकी नेता तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यस साताको चीन-अफ्रिका मञ्चमा सहभागी भएका छन् ।

अफ्रिकी नेताहरूले पूर्वाधार, कृषि, खानी, व्यापार र ऊर्जामा थप सहयोगका लागि यो साताअघि नै धेरै सम्झौताहरू सुरक्षित गरिसकेका छन् ।

राष्ट्रपति सीले अफ्रिका महादेशसँगको सम्बन्धलाई ‘इतिहासको सबैभन्दा राम्रो अवधि’ भएको बताएका छन । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्