नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभागको जिम्मेवारी लक्ष्मी खतिवडालाई
काठमाडौं । नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभागको जिम्मेवारी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पाएकी छन् ।
सभापति शेरबहादुर देउवाले खतिवडालाई विभागको प्रमुखमा मनोनयन गरेका हुन् । उनको विभागका सदस्यहरु केही दिनपछि मनोनयन गरिनेछ ।
सभापति देउवाले सोमबार ३७ वटा विभाग गठन गरेका छन् । विभागको प्रमुखहरु मनोनयन गरेका छन् ।
