sevenstartv.com ९ चैत २०८२, सोमवार

देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक

९ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको बताइएको छ । 

बैठकमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । हिजो बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएपछि गगन नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि सुरु गरेको छ । देउवा पक्षले बेग्लै केन्द्रीय समिति बैठक राख्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्