sevenstartv.com १० चैत २०८२, मङ्गलवार

पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको निर्देशन

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० की अध्यक्ष बेगम खालिदा जियालाई तुरुन्त रिहा गर्न आदेश दिएका हुन् ।

सोमबार राष्ट्रपतिले राखेको बैठकमा सेना प्रमुख जनरल वाकर-उज-जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात-ए-इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए । बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

७८ वर्षीया जियालाई सन् २०१८ मा भ्रष्टाचारको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो । जिया सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । उनी सन् २००१ देखि २००६ सम्म पुनः प्रधानमन्त्री बनेकी थिइन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्