sevenstartv.com २ चैत २०८२, सोमवार

नेकपा संयोजक प्रचण्डले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन् । बिहीबार बिहानै चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारले तोकेको मितिमा निर्वाचन गराएको हो । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्