रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ
काठमाडौं । रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ परेका छन् । उनी बैङ्किङ कसुर मुद्धामा पक्राउ परेका हुन् ।
बैंकिङ कसुर मुद्धामा चितवन जिल्ला अदालतको २०८१ फागुन २५ गतेको फैसलाअनुसार ३० लाख साँवा र बिगो बमोजिमको जरिवाना तिर्नुपर्ने ठहर गरेको र उक्त सजायका लागि नै पक्राउ गरिएको बताइएको छ ।
