राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो । भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।
बैठकमा पछिल्लो देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने बताइएको छ ।
