काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेलको चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम तीव्र
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् ।
नेता पोखरेलले घरदैलोका क्रममा टोल टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना सुनाईरहनुभएको छ । बुधवार टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति भएको उल्लेख गरेका हुन् । उनले पार्टीले सधैँ देश निर्माणका लागि काम गर्दै आइरहेको समेत जनाए ।
नेता पोखरेलले एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बिचमा पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध पनि गरे । साथै, उनले जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
