sevenstartv.com १ चैत २०८२, आइतवार

विश्व साम्राज्यवादले लोकप्रियतावादमार्फत लोकतन्त्रमाथि प्रहार गर्न खोजेको प्रचण्डको आरोप

स्टन्ट गरेर केही नहुने र नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने र्तक

२६ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकप्रियतावादमार्फत विश्व साम्राज्यवादले नेपालको लोकतन्त्रविरुद्ध प्रहार गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौं ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले त्यसको प्रतिवाद गर्न नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले नयाँको नाममा सामाजिक सञ्जालमा स्टन्ट गरेर केही नहुने स्पष्ट पारे ।

प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीसँग नै नयाँ विचार र एजेन्डा रहेको दोहोर्याए । गणतन्त्र, संघीयता र सामाजिक न्यायजस्ता विचार अहिले पनि नयाँ रहेको र त्यसको नेतृत्व नेकपाले नै गरेको उनले जिकिर गरे।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्