sevenstartv.com १५ माघ २०८२, बिहिवार

गत मङ्गलबार साँझदेखि सक्रिय भएर पानी पार्ने प्रणाली बाहिरियो

हिउँदे वर्षा भएसँगै किसानहरू उत्साहित

१५ माघ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । गत मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । 

आज उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा सामान्य वर्षा र हिमपात भए पनि धेरै ठाउँको मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । मधेश र कोशी प्रदेशबाहेक अरु ठाउँमा वर्षा र हिमपात भएको छ ।

पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । बागमती प्रदेशसहित पश्चिमका धेरै जिल्लामा पानी परेको र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ । आज बिहान तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौका केही ठाउँमा पनि बिहानपख कुहिरो लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाँउमा वर्षा र हिमपातको सम्भावना छ । लामो खडेरीपछि हिउँदे वर्षा भएसँगै किसानहरू उत्साहित भएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्