हिमाली क्षेत्रका मतदानस्थल सार्नेबारे गृहले थाल्यो अध्ययन
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र हुँदा हिमाली क्षेत्रहरूमा भने मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको छ ।
फागुन महिनामा पनि हिमाली क्षेत्रमा हिउँ तथा जाडो हुने हुँदा अधिकांश मानिसहरू तल ९बेंशी० मै रहेन भएकाले त्यस्ता ठाउँहरूको मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको हो ।
गृह मन्त्रालयका एक अधिकृतका अनुसार, २१ फागुनमा पनि अधिकांश मानिस तल नै हुने भएकाले उच्च हिमाली क्षेत्रको मतदानस्थल नै सार्नेबारे गृहकार्य सुरु गरिएको हो । यसबारे सुरक्षा निकायसँग समन्वय गरेर काम सुरु गरिएको छ ।
