कांग्रेस नेता श्रेष्ठलाई काम अनुसारको जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले ३७ विभागका प्रमुख मनोनीत गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले सोमबार विभिन्न विभागको प्रमुख तोक्दा सबै क्षेत्रलाई प्रतिनिधित्व हुने गरी तोक्नुभएको हो । जसमा कृषि तथा किसान विभागको जिम्मेवारी पाउनुभएका नेता उमेश श्रेष्ठ पछिल्लो समय यहीँ क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
श्रेष्ठले देशका विभिन्न क्षेत्रमा कृषि प्रवद्धनका लागि काम गर्दै आउनुभएको छ ।
केही समय अघि मात्र उहाँले चितवनमा किसानको सहजताका लागि चिस्यान केन्द्र निर्माणको थालनी गर्नुभएको थियो ।
