चुनाव नलड्ने शेरबहादुर देउवाको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा चुनाव नलड्ने घोणा गरेका छन् । डडेल्धुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जितिरहेका देउवा यसपटक २१ फागुनको चुनाव नलड्ने भएका हुन् ।
देउवा २०७२ र २०७८ मा लगातार कांग्रेस सभापति निर्वाचित भएका थिए। जेन–जी आन्दोलनपछि निष्क्रिय बनेर उनले कार्यवाहक सभापतिको रूपमा पूर्णबहादुर खड्कालाई पार्टी सुम्पेका थिए ।
तर महाधिवेशन विवादका बीच २७ पुसको विशेष महाधिवेशनपछि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भए । अहिले सभापति थापा नेतृत्वकै टोलीले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारी टुंग्याइरहेको छ ।
