sevenstartv.com २ चैत २०८२, सोमवार

सुक्खा खडेरीे र बैमौसमी वर्षाका कारण धान उत्पादनमा कमी

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । गत असारमा मधेश प्रदेशमा भएको सुक्खा खडेरी र असोज  कात्तिकमा आएको बैमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादनमा कमी आएको छ । देशभर धानको उत्पादन दुुई लाख मेट्रिक टनले घटेको छ । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार चालुु आर्थिक वर्ष २०८२/८३ मा ४.२० प्रतिशत घटेर ५७ लाख पाँच हजार १२६ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ ।  

मन्त्रालयका अनुसार चालुु आवमा धानबालीको उत्पादनको उत्पादन र क्षेत्रफलमा कमी आएको छ । आव २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा यस वर्ष ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टरमा झरेको छ ।  यस वर्ष धान लगाइने ४३ हजार ७६४ हेक्टर क्षेत्रफल जमिन घटेको छ ।  गत आवमा प्रतिहेक्टरमा ४.१९ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १.१६ प्रतिशतले घटेर ४.१४ मेट्रिक भएको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयका अनुसार धान उत्पादनमा कमी आउनुुका कारणमा पहाडी क्षेत्रमा देखिएको बसाइँसराइ, युवाहरूको विदेशप्रतिको आकर्षण एवं फलफूूल तथा नगदेबालीको क्षेत्रफलमा भएको वृद्धि रहेको छ । यस्तै तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रमा कमी आएको छ ।

गत आवमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यसअघि आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो ।  भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्ष २०८२/८३ मा पाँच महिनामा साढे १५ अर्ब रुपियाँ बराबरको धान–चामल आयात भएको छ ।  पाँच महिनामा आठ अर्ब ५५ करोड ४९ लाख दुुई हजार रुपियाँ बराबरको एक लाख १३ हजार ९३२ मेट्रिक टन धान आयात भएको छ । चालु आवको साउनदेखि मङ्सिरसम्म १५ अर्ब ४३ करोड ८६ लाख रुपियाँ बराबरको धानचामल आयात भएको हो ।  

स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुुलो परिमाणमा धानचामल आयात भएको हो । पाँच महिनामा छ अर्ब ८८ करोड ८१ लाख १३ हजार रुपियाँ बराबरको एक लाख ८७ हजार ९५९ मेट्रिक टन धान आयात भएको छ ।  आव २०८१÷८२ मा २१ अर्ब ५२ करोड ३७ लाख ८४ हजार रुपियाँ बराबरको पाँच लाख ३३ हजार ७१५ मेट्रिक धान आयात भएको थियो । यस्तै १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार रुपियाँ बराबरको दुुई लाख ४१ हजार ५५३ मेट्रिक टन चामल आयात भएको थियो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्