कांग्रेसले मकवानपुरबाट प्रत्यक्ष तर्फ उपाध्यायलाई उमेदवार बनाउने
काठमाडौं । नेपाली कांग्रेस भित्र देखिएको राजनीतिक अस्थिरता र विवादलाई थाती राख्दै चुनावी माहोल बनाउन लागिएको छ । निर्वाचनको माहोलसॅगै संविधानले उपलब्ध गराएको ३३ प्रतिशत महिलाको सुनिस्चितता र सहभागिताको अनिवार्यलाई मध्य नजर गर्दै कांग्रेसले महिलाको सहभागितामा समेत जोड दिने भएको छ ।
कांग्रेसले आगामी निर्वाचनमा महिलाको सहभागीता अझ सशक्त होस भन्दै निर्वाचनमा महिलाको सहभागिता र सुनिश्चितताका लागि समेत जोड दिने बताईएको छ । नेपाली कांग्रेसको राजनीतिमा लामो समय त्याग, समर्पण गर्दै देश र जनताका लागि दिनरात दत्तचित्तका साथ लागि पर्दै संगठनलाई संकटमा बचाउन लाग्दै आएकी कांग्रेसकी असल सिपाही महालक्ष्मी उपाध्याय (डिना) लाई नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ उमेदवारका रुपमा अघि सार्ने भएको छ ।
उपाध्यायले आफु उमेदवारको दौडमा नरहेको बताए पनि पार्टीले उनलाई नै उमेद्वारको रुपमा मैदानमा पठाउने संकेत गरे सॅगै पार्टीले दिएको जिम्मेवारीबाट आफु पछि नहट्ने बताएकी छिन । कांग्रेसले प्रत्यक्ष तर्फ टिकट वितरण गर्दा उमेद्वारले जीत्ने सम्भावना र स्थानियको भावनासॅगै चाहानाको समेत उच्च कदर गर्दै टिकट वितरणलाई जोड दिएको छ । सोही अनुरुप भुगोल बुझेको व्यक्तिलाई उमेद्वार बनाउने भन्दै उपाध्यायलाई अघि सार्ने तय भएको हो ।
