sevenstartv.com ९ माघ २०८२, शुक्रवार

देशभरको मौसम मुख्यतया सफा

२ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान तराई क्षेत्रमा हुस्सु, कुहिरो लागेको छ । हुस्सु कुहिरो लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने महाशाखाले जनाएको छ । हिजोको तुलनामा काठमाडाैंकाे तापक्रम थोरै बढेको छ । आज बिहान पौने ६ बजे काठमाडाैंको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने छ भने राति कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने महाशाखाले जनाएको छ । तराईमा हुस्सुका कारण बिहान जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्