sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

विश्वकै प्रदूषित शहर मध्ये पहिलो स्थानमा काठमाडौं शहर

११ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं उपत्यकाको बढ्दो जनघनत्य र अव्यवस्थित सवारी साधनका कारण आज काठमाडौं विश्वकै वायु प्रदूषित शहरको पहिलो स्थानमा परेको छ । विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई  पर्ने जनाइएको छ ।

अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सर्वसाधरणलाई सुझाइएको छ । काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स एक्यूआई २२३ रहेको छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ वायु मानिन्छ ।

दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । एक्युआइका अनुसार हाल दिल्लीको एक्युआइ १६२ रहेको जनाइएको छ। दिल्ली पछि पाकिस्तानको लाहोर विश्वकै प्रदुषित शहरको तेस्रो स्थानमा परेका छ लाहोरको  एक्यूआई १५८ रहेको उल्लेख गरिएको छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति निकै घातक हुने गदर्छ । एयर क्वालिटी इन्डेक्स (एक्यूआई) का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क शुक्रबार एकै पटक बढेर २२३ पुगेको उल्लेख गरिएको छ। एक्युआईको मापदण्डअनुसार ०.५० सम्म ‘राम्रो’, ५१.१०० ‘मध्यम’, १०१.१५० ‘अस्वस्थ’, १५.१२०० ‘सबैका लागि अस्वस्थ’, २०१.३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्