sevenstartv.com ९ माघ २०८२, शुक्रवार

र रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ बाट बाहिरियो, दोस्रो टायरको क्लब अल्बासेटेसँग ३–२ ले पराजित

१ माघ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । स्पेनी महारथी क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दोस्रो टायरको क्लब अल्बासेटेसँग ३–२ ले पराजित हुँदै रियल बाहिरिएको हो । खेलमा अल्बासेटेका लागि जेफ्टे बेटानकरले २ गोल गर्दा जस्टो भिल्लाले १ गोल गरे । रियलका फ्रान्को मास्तानतुनो र गोन्जालो गार्सियाले १–१ गोल गरे । 

४२ औं मिनेटमा भिल्लाले गोल गर्दै अल्बासेटेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८२ औं मिनेटमा बेटानकरले गोल गरेपछि अल्बासेटे फेरि अग्रतामा आएको थियो । इन्जुरी समयको पहिलो मिनेटमा गोन्जालो गार्सियाले गोल गरेपछि रियल फेरि खेलमा फर्किएको थियो । 

तर इन्जुरी समयको चौथो मिनेटमा बेटानकरले गोल गर्दै अल्बासेटेलाई अगाडि बढाए, रियल नकआउट भयो । रियल मड्रिड पछिल्लो समय असमान लयमा छ । केही दिनअघि प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त गरेर पूर्वखेलाडी अल्भारो अर्बेओला प्रशिक्षक नियुक्त भएका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्