sevenstartv.com ९ माघ २०८२, शुक्रवार

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

३० पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । 

थाइल्यान्डको नन्थाबुरीमा भएको खेलमा नेपाल र श्रीलङ्काले २–२ गोलको बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले १÷१ अंक बाँडेका छन् । नेपालकी मनिषा थापामगर र विमला चौधरीले तथा श्रीलंकाका थर्मिका सिवानेश्वरन र थारिडी लियानेजले गोल गरे । नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेलेको हो । 

यस्तै पुरुषतर्फ नेपालले शुक्रवार श्रीलङ्कसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना गरेको हो । यो च्याम्पियनसिपमा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलंका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् । 

लिग चरणको खेलपछि धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्