sevenstartv.com ९ माघ २०८२, शुक्रवार

बंगलादेशले भारतमै टी–२० विश्वकप खेल्नुपर्ने

आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

२९ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी–२० विश्वकपका खेलस्थल परिवर्तनको प्रस्ताव अस्वीकार गरेको छ ।

परिषद्ले विश्वकपको तय भइसकेको तालिकामा कुनै पनि परिवर्तन नहुने स्पष्ट पारेको छ । यो जानकारी समाचार संस्था एसियन न्युज इन्टरनेशनलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत परिषद्को उद्धृत गर्दै जनाएको हो । एसियन न्युज इन्टरनेशनलका अनुसार अन्तर्राष्ट्रिय सुरक्षा विज्ञको मूल्यांकनपछि भारतमा बंगलादेशी टोली र अधिकारीहरूलाई कुनै प्रत्यक्ष खतरा नरहेको निष्कर्ष निकालिएको छ । 

विशेषगरी कोलकाता र मुम्बईमा तय भएका खेलहरूमा देखिन सक्ने जोखिमलाई कडा सुरक्षा व्यवस्थाबाट नियन्त्रण गर्न सकिने परिषद्को ठहर छ । परिषद्ले टी–२० विश्वकप २०२६ को खेलतालिका पहिले नै सार्वजनिक भइसकेको जनाएको छ । सहभागी सबै टोलीले नियमअनुसार आफ्ना दायित्व पूरा गर्नुपर्ने जनाएको छ । 

आवश्यक परे थप सुरक्षा सुदृढीकरणका लागि सुझाव र संवादमा परिषद् खुला रहेको पनि बताइएको छ । टी–२० विश्वकपमा बंगलादेश समूह–सी मा रहेको छ । टोलीले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इंग्ल्यान्डसँग खेल्नेछ ।समूह चरणको अन्तिम खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालविरुद्ध हुनेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्