sevenstartv.com ३० भदौ २०८३, मङ्गलवार

'प्रतिपक्षले लेखा समितिको सभापति तत्काल पाउनुपर्छ'

२१ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताएका छन् । 

आज प्रतिनिधिसभाको बैठकमा उनले सो माग गरेका हुन्  । सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढंगले डेडिकेटेड तथा ट्रंक लाईन वक्यौता रकम नतिरेका व्यापारीहरुसँग रहस्यमय ढंगले भेट गरेको जिकिर गर्दै सो घटनाका लागि छानविनका लागि सरकारलाई रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए । 

सभापति पोखरेलले अघिल्लो सार्वजनिक लेखा समितिले सो वक्यौता रकम असुली गर्नका लागि दिएको निर्देशन विपरित लागेकाले उनीमाथि कारबाही हुनुपर्नै उनको भनाई थियो । सांसद् सापकोटाले नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्