sevenstartv.com २ चैत २०८२, सोमवार

पुस मसान्तसम्म एसईईको परीक्षा केन्द्र तोक्न देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन

१८ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले पुस मसान्तसम्म एसईईको परीक्षा केन्द्र तोक्न देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले इकाईलाई पत्राचार गर्दै केन्द्र तोकी माघ पहिलो सातासम्म बोर्डमा जानकारी पठाउन निर्देशन दिएका हुन् ।  चैत पहिलो सातादेखि एसईई परीक्षा सञ्चालन गर्ने कार्यतालिका छ । 

दुर्गम र हिमाली क्षेत्रमा कम्तीमा एक सय ५०, पहाडी क्षेत्रमा दुई सय ५० र तराई तथा उपत्यकामा कम्तीमा ३ सयभन्दा कम र ४ सयभन्दा बढी नहुने गरी परीक्षा केन्द्र तोक्न निर्देशन दिइएको छ । तोकिएभन्दा कम विद्यार्थी संख्या हुने गरी केन्द्र तोकिएमा बजेटको व्यवस्था नहुने बोर्डले प्रष्ट पारेको छ ।

एसईईमा देशभरबाट ५ लाख हाराहारीमा विद्यार्थी सहभागी हुँदै आएका छन । सहरी क्षेत्र, काठमाडौं उपत्यका, तराई, भित्री मधेशमा एउटा विद्यालयको हरेक वर्ष त्यही केन्द्र पर्ने गरी नतोक्न आग्रह गरिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्