sevenstartv.com १२ वैशाख २०८३, शनिवार

तराईमा आज पनि हुस्सु

१६ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडाैं । तराईमा आज पनि हुस्सु लागेको छ । पुस पहिलो हप्तायता निरन्तर लागेको हुस्सु र कुहिरोका कारण तराई/मधेशमा जनजीवन प्रभावित बनेको छ ।

हुस्सुले जनजीवनसँगै यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । हिमाली र उच्च पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्