रास्वपाले कुलमानलाई उपसभापति बनाउने भएपछि शंकर पोखरेलको कटाक्ष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऊर्जामन्त्री कुलमान घिसिङलाई वरिष्ठ उपसभापति बनाउने सहमति गरेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रश्न गरेका छन् ।
पटकपटक र लामो छलफलपछि सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनसमेतको सहभागितामा रास्वपा र कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता सहमति भएको हो ।
सहमतिअनुसार कुलमान रास्वपाको वरिष्ठ उपसभापति बन्ने छन् । यसैप्रति एमाले महासचिव पोखरेलले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो?’ भन्दै प्रश्न गरेका हुन् ।
