sevenstartv.com ९ माघ २०८२, शुक्रवार

इंग्लिस प्रिमियर लिगमा टोटेनहमसँग प्यालेस पराजित

१४ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्ड र लिड्स युनाइटेडबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

खेलको २८औँ मिनेटमा सन्डरल्यान्डका सिमोन अडिङ्गराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको शुरूमै लिड्सका डोमिनिक काल्भर्ट–ल्युइनले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमै टुंगियो ।

यस्तै, गएराति भएको अर्को खेलमा टोटेनहम हटस्परले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ । टोटेनहमका आर्ची ग्रेले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्