sevenstartv.com २१ वैशाख २०८३, सोमवार

'सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु हो'

२१ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बताएका छन् । 

मन्त्री चौरसियाले १८ वर्षदेखि अल्झिएको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख दलहरुका बिचमा सहमती जुटेको भन्दै अहिले प्रतिवेदन तयार गरिरहेको बताएका हुन् । 

उनले प्रतिवेदन तयार भइसकेपछि शिर्ष नेताहरुलाई देखाएर संसदमा पेश गरिने बताए । उनले संसदबाट सर्वसम्मत रुपमा पारित गर्नेगरी शिर्ष नेताहरुले सम्बोधन गर्ने पनि बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्