sevenstartv.com २१ मंसिर २०८२, आइतवार

हेटौंडामा कानुनी राज्यको नाङ्गो उपहास भएको कमल थापाको टिप्पणी

२१ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडामा कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरेका छन् । 

सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् हेटौंडामा कानुनी राज्यको नांगो उपहास भएको टिप्पणी गरेका हुन् । 

थापाले सामाजिक संजालमा एक्समार्फत् बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नुअगावै बसेको बस्ती र जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबर्जस्ती कब्जा गर्ने कार्य जघन्य अपराध भएको जिकिर गरे ।

शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, तर कमसेकम ‘अतिक्रमणकारी’ भन्ने गलत आरोप जनतामाथि नलगाऊ भनेका छन् ।  यसअघि हेटौडामा भइरहेको सडक विस्तारको विरोध गर्दै नवगठित उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्