sevenstartv.com २१ मंसिर २०८२, आइतवार

सरकारले फिर्ता बोलाएका ११ राजदूतमध्ये ६ राजदूतले दिए राजीनामा

१९ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सरकारले फिर्ता बोलाएका मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन् । सरकारले ११ राजदूतलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो । तीमध्ये हालसम्म ६ जनाले राजीनामा दिएका हुन् ।

राजीनामा दिएका ६ जनाकै राजीनामा स्वीकृत भइसकेको छ । पछिल्लो समय रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका हुन् । यसअघि लोकदर्शन रेग्मी ९अमेरिका०, कृष्णप्रसाद ओली ९चीन०, चन्द्रकुमार घिमिरे ९बेलायत०, रमेशचन्द्र पौडेल ९कतार० ले राजीनामा दिएका थिए ।

विदेशबाट फर्किए लगत्तै उनीहरूको राजीनामा आएको र सरकारले स्वीकृत समेत गरिसकेको छ ।  उनीहरूले गरिरहेको कार्यप्रगतिप्रति प्रश्न उठाउँदै सरकारले ३० असोजमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि सर्वोच्चमा रिट दायर गरिएको थियो । रिट निवेदनमा सर्वोच्चले १६ कात्तिकमा अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलाग्दासम्म फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।

परराष्ट्रले पत्र पठाएर उनीहरूलाई मन्त्रालयमा हाजिर गरी कामकाज गर्न भनिएको थियो । मन्त्रालयमा कामकाज गर्ने गरी बोलाइएका ६ राजदूत बाहेक शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब) , शनिल नेपाल (स्पेन) र डा. दुर्गाबहादुर सुवेदी ९जापान० छन् । उनीहरू भने परराष्ट्र मन्त्रालयमा दैनिक हाजिर गरेर कामकाज गर्दै आएका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्