sevenstartv.com २१ मंसिर २०८२, आइतवार

वर्तमान सरकार जेन जी आन्दोलनको म्याण्डेटविपरीत अघि बढ्न खोजेको ज्ञानबहादुर शाहीकाे आरोप

१९ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेन जी आन्दोलनको म्याण्डेटविपरीत अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गदै शाहीले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगाएतका माग जेन(जी आन्दोलनको रहे पनि सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको बताएका हुन् । वर्तमान सरकार ८४ को निर्वाचन ८२ मा गर्न मात्रै गठन नभएको हेक्का राख्न उनले सुझाव दिए ।

शाहीले जने-जी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भए पनि वर्तमान सरकारले समेत शान्ति, सुशासन र अमनचयनमा ध्यान दिन नसकेको बताए । 
वर्तमान सरकारबाट जेन-जी युवाहरूमाथि धोका भएको उनको भनाइ छ । शाहीले देशले जित्नेगरि राजा, जेन(जी र दलहरुबीच गोलमेच सम्मेलन गरी संविधान संशोधनको सम्झौता गर्नुपर्नेमा जोड दिए । 

अहिलेको अवस्थामा निर्वाचित भएर नयाँ मान्छे शासन चलाउन आए पनि मुलुकको अवस्थामा परिवर्तन नहुने उनको भनाइ छ । राप्रपाले उठाएका मुद्दा केवल एक पार्टीको मात्रै नभई सबै जनताको मुद्दा रहेकाले राष्ट्रिय झण्डामा एकजुट भएर जनताहरू सडकमा आउने उनको भनाइ छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्