sevenstartv.com २१ मंसिर २०८२, आइतवार

सर्वपक्षीय बैठक बस्दै

१९ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सर्वपक्षीय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आसन्न निर्वाचनको विषयमा छलफल गर्न 
सर्वपक्षीय बैठक बस्न लागेको हो ।

बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ । राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्