sevenstartv.com २१ मंसिर २०८२, आइतवार

रवि लामिछाने भेट्न नख्खु पुगे सुदन

१८ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न नख्खु कारागार पुगेका छन् । 

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र रवि लामिछाने एक हुनुपर्छ भन्दै आएका गुरुङ बिहीबार लामिछानेलाई भेट्न कारागार पुगेका हुन् । 

गुरुङले जेनजी आन्दोलनले पुराना शक्तिहरूलाई खारेज गरेको भन्दै नयाँ र वैकल्पिक शक्ति एक हुनुपर्नेमा जोड दिए । पछिल्लो समय गुरुङ सरकारप्रति आक्रोशित देखिएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्