नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारी पक्राउ
काठमाडौं । अख्तियारले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारीलाई नियन्त्रणमा लिएको छ । बुधबार उनीहरूको तारेख थियो । तारेखका लागि उपस्थित भएका दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको छ ।
उनीहरूविरुद्ध आजै मुद्दा दर्ता गर्ने अख्तियारको तयारी छ । उनीमाथि अख्तियारले भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको विषयमा अनुसन्धान गरिरहेको थियो ।

.gif)