sevenstartv.com ११ माघ २०८२, आइतवार

सामाजिक सुरक्षा भत्ता बढाउन ज्येष्ठ नागरिक महासङ्घको माग

१६ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता बढाउन माग गरेको छ । महासङ्घको आइतबार र सोमबार गोरखामा सम्पन्न तेस्रो केन्द्रीय कार्यसमिति बैठकले आफूहरूको वर्गीकरण गरी उमेर र अवस्थाका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग सरकारलाई पठाएको हो ।

उनीहरूले हवाई र सार्वजनिक यातायातमा भाडाको विशेष छुट र भत्ताबापत बैंकमा निष्क्रिय रहेको अरबौँ रकम ज्येष्ठ नागरिकहरूको कोषमा लैजाने गरी नीतिगत निर्णय गर्न पनि माग गरेका छन् ।

यस्तै, स्वास्थ्य बीमालाई व्यवस्थित र ज्येष्ठ नागरिक मैत्री बनाउनुपर्ने महासङ्घको माग छ । वृद्ध भत्ताको रकम बैँकमा दाखिला भएको सुरुको समयदेखि नै व्याजको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको छ । 

सरकार, निजी क्षेत्र र व्यक्तिगत तबरमा निर्माण हुने संरचनाहरू ज्येष्ठ नागरिक मैत्री बनाउनुपर्ने विषयमा समेत महासङ्घले निर्णय गरेको छ । उनका अनुसार, माध्यमिक तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा नैतिक शिक्षाका साथै बुढ्यौली शिक्षा समावेशका लागि पहल गर्ने निर्णय भएको छ । अन्तरपुस्तामा आएको दुरी पहिचान गरी हटाउन महासङ्घले ७७ वटै जिल्लामा सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्