कुमारी बैंक र बन्दीपुर केबलकारबिच छुट सम्बन्धी सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एन्ड टुरिजम लिमिटेडबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले बन्दीपुर केबल कार एन्ड टुरिजमबाट उपलब्ध गराइने केबलकार टिकट, स्काई साइक्लिङ, जिपलाइन टिकट तथा डाइभ–इन रेष्ट्रोको सेवामा १३ प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतामा बैंकतर्फबाट गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारतर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले मिति २०८२र०८र०७ मा हस्ताक्षर गरेका हुन् ।
२४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाई मार्फत ग्राहकलाई आधुनिक र प्रभावकारी सेवा दिँदै आएको उल्लेख गर्दै, आगामी दिनमा पनि सेवा सहज र उत्कृष्ट बनाउन थप सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

.gif)