sevenstartv.com १९ वैशाख २०८३, शनिवार

नेपाली सेनाको ४५ औं प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

१२ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली सेनाको नयाँ प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन ।

सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई आगामी भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेका हुन । सिग्देल नेपाली सेनाको ४५औं प्रधानसेनापति बनेका छन ।

गत साउन २४ गतेदेखि बिदामा बसेका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल आगामी भदौ २४ गतेदेखि सकिँदैछ । शर्माको अवकाशसँगै सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी पूर्णरूपमा सम्हाल्ने छन ।

शर्मा बिदामा बसेसँगै सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । सिग्देलको कार्यकाल आगामी तीन वर्ष रहनेछ ।त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन ।

उमेर विवादका कारण उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि सेनापतिको रोलक्रममा सिग्देल आएका हुन । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्